नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा। शेखर कोइरालाले पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताएका छन् ।

नेता कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरूसँग काठमाडौंमा भेटघाट र छलफलका क्रममा सो आशंका गरेका हुन् ।


कोइरालाले भेटघाटमा तोकिएको समयमा महाधिवेशन नभए पार्टी धराशयी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन आग्रह गरे ।
महानगरका सभापतिहरूले आफुहरूको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए । भेटघाटमा महानगर सभापतिहरू निलकाजी शाक्य काठमाडौं, सुवानन्द धाख्वा ललितपुर, चित्रसेन अधिकारी भरतपुर, दिपक चापागाईं विराटनगर र मनिन्द्र नेपाली वीरगञ्ज सहभागी थिए ।

नेपाल कर्म । ४ श्रावण २०८१, शुक्रबार १२:२१