बैकिङ कसुर र अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादीे पक्राउ

सुर्खेत । बैकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली लम्कीचुवा नगरपालिका–५ स्थायी घरभई हाल वीरेन्द्रनगर नगरपालिका–४ बस्ने ४१ बर्षीय दिल बहादुर मगर रहेका छन् ।



उनलाई बिहिबार सुर्खेत प्रहरीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय लम्की कैलाली पठाइएको हो । यस्तै अभद्र व्यवहार मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ बस्ने २८ बर्षीय कमल कार्की रहेको छन् ।

जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरे लगतै फरार रहरेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया