संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्ने महान्यायाधिवक्ता बडाल

महान्यायाधिवक्ता रमेश बडालले संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्ने बताएका छन् । बिहीबार महान्यायाधिवक्ताको पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



उनले आफू र महान्यायाधिवक्ताको कार्यालयले संविधानले निर्धारण गरेको दायराअनुसार सबै कामहरू गर्ने बताए । उनले शिरमा संविधान र कानुनलाई राखेर आफूहरूले काम गर्ने प्रतिबद्धता जनाए ।

उनले अभियोजन गर्दा दोषीलाई मात्रै अभियोजन गर्ने बताए । अभियोजन गर्दा वस्तुनिष्ठ हिसाबमा मात्रै गर्ने प्रतिबद्धता जनाए । महान्यायाधिवक्ता बडालले पीडितलाई न्याय र राहत दिने काम संवैधानिक दायराभित्र रहेर गर्ने बताए ।

तपाईको प्रतिक्रिया