युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रका विकृति र विसंगतिलाई अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार राष्ट्रिय खेलकुद परिषद्ले गरेको बधाई कार्यक्रममा खेलकुदमन्त्री चौधरीले मन्त्रालय मातहतका निकायलाई सुशासनमा ध्यान दिएर काम गर्न निर्देशन दिएका हुन् । मन्त्री चौधरीले आफ्नो एउटै चाहना राम्रो काम गर्ने भएको पनि बताए । मन्त्री चौधरीले ऐन, कानुनको परिपालना गरेर मात्रै खेलकुदका गतिविधि सञ्चालन गर्न आग्रह गरे ।


राष्ट्रिय खेलकुद परिषद् (राखेण) का सदस्य–सचिव टंकलाल घिसिङले १९औँ एसियाली खेलकुद सकिएलगत्तै २०औँ एसियाली खेलकुदका लागि मिसन २०२६ भनेर अघि बढाएको बताए । अहिले १० खेलको १२२ जना खेलाडी र १० वटा खेलका २० जना प्रशिक्षक रहेको र विशेष प्रशिक्षणमा व्यवस्थित रूपमा अघि बढाएको उनको जिकिर छ ।
सदस्य–सचिव घिसिङले नेपाली खेलकुदले अहिलेसम्म स्वर्ण पदक प्राप्त नगरेको भन्दै स्वर्ण पदकसहित दोहोरो अंकको पदक प्राप्त गर्ने लक्ष्य राखेर काम गरिरहेको बताए । उनले राखेपको मुख्य कार्यक्रम नै मिसन २०२६ भएको बताए ।

नेपाल कर्म । ३ श्रावण २०८१, बिहीबार १६:५७