मधेश सरकारमा सहभागी हुने कांग्रेसको निर्णय, यी हुन् मन्त्रीमा सिफारिस चार जना

अर्थ मन्त्रालय नदिएको भन्दै मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको कांग्रेस अन्ततः सरकारमा सहभागी हुने भएको छ । आज बसेको प्रदेशसभा संसदीय दलको बैठकले पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको हो ।



कांग्रेसले मुख्यमन्त्री सतीश सिंहसमक्ष आफ्नो पार्टीबाट मन्त्री हुनेको नामसमेत सिफारिस गरेको छ । कांग्रेस स्रोतका अनुसार कांग्रेसबाट रौतहटका सुनिल यादव अर्थमन्त्री हुँदैछन् भने पर्साका जनार्दन क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

त्यस्तै, धनुषाका शेषनारायण यादवले ऊर्जा, सिँचाई तथा खानेपानीमन्त्री र सर्लाहीका कौशलकिशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

कांग्रेस सरकारमा सहभागी हुने भएसँगै जनमत पार्टीका सिंहको सरकारमाथिको संकट टरेको छ ।

तपाईको प्रतिक्रिया