द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको बिहीबार निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९१ वर्षको उमेरमा उनको निधन भएको हो । उनको शुक्रबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।


श्रेष्ठले सन् १९९१ देखि द्वारिकाजको जिम्मेवारी सम्हालेकी थिइन् । उनी ६५ वर्षसम्म होटल तथा पर्यटन उद्योगमा रहिन् । काठमाडौंस्थित बत्तीसपुतलीमा र धुलिखेलमा द्वारिकाज होटल तथा रिसोर्ट सञ्चालनमा छ ।


नेपाल कर्म । ३ श्रावण २०८१, बिहीबार १४:१६