उपचार गर्न अस्पताल पुगेका क्यान्सर बिरामीको झ्यालबाट खसेर मृत्यु

भरतपुरको पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर एक बिरामीको मृत्यु भएको छ ।



हुप्सीकोट गाउँपालिका–२, घर भएको ७६ वर्षीय बलबहादुर खाम्चा मगर आज साढे ११ बजे अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते भएकोमा सोही अस्पतालमा मृत्यु भएको हो ।

मगर बुधबार पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार गर्न आएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

उनी आज बिहान १० बजेर ४० बजे अस्पतालको झ्यालबाट खसेका थिए ।

डीएसपी रिजालका अनुसार दृष्टिविहीन मगर बाटो खोजेर बाहिर निस्किने क्रममा झ्यालबाट खस्न गएको जानकारी आएको थियो ।

उनले बाँकी विषयमा भने प्रहरीको अनुसन्धान भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया