पछिल्लो केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य बिहीबार भने घटेको छ ।
बुधबारको नयाँ कीर्तिमान कायम गर्दै छापावाल सुन एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तर, बिहीबार भने छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।
बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवयायी महासंघल जनाएको छ ।
त्यस्तै, बुधबार प्रतितोला एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन बिहीबार एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा पनि ३५ रुपैयाँले घटेको छ ।
बुधबार प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी बिहीबार एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल कर्म । ३ श्रावण २०८१, बिहीबार १३:३०