परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् ।



परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल– चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट गरेका थिए ।

तपाईको प्रतिक्रिया