ओलीले एक सातामै विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार संसदमा विश्वासको मत लिने भएका छन् । सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले आइतबार प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेको बताए ।



ओली गत आइतबार संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए । यो धाराअनुसार बन्ने प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

कांग्रेस, एमाले, जसपा र लोसपासमेत सरकारमा सहभागी भएकाले उनले विश्वासको मत पाउने निश्चित छ । ओली सरकारको पक्षमा हाल कांग्रेसको ८८, एमालेको ७९ (एक सभामुख, एक निलम्बित), जसपाको ७ र लोसपाको ४ सिट गरी १७८ सिट छ ।

तपाईको प्रतिक्रिया