मधेश प्रदेश सरकारले गत २८ असारमा त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेश प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत दिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेश प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने बताएका हुन् ।


दुर्घटनामा परी ज्यान गुमाउनेका पीडित परिवारलाई राहत दिने घोषणा गरेका छौँ,मुख्यमन्त्री सिंहले भने,मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ । मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा राहत रकम प्रदान गर्ने बताए ।

नेपाल कर्म । २ श्रावण २०८१, बुधबार १३:२९