सुर्खेत । दलितका लागि दलित आन्दोलन नेपालले आवाज संस्थाले वेपत्ता पारिएका भनिएकी बालिका सकुशल फेला परेकी छन् । संस्थाले वेपत्ता पारेको आरोप लगाउँदै यहीँ जेठ २९ गते नेपालले एक विज्ञप्ती जारी गर्दै कि शास कि लास चाहियो भन्दै बालिकाको फोटोसहित सार्वजनिक गरेको थियो ।

तर संस्थाले आफूमाथि लागेको आरोप निराधार भएको भन्दै प्रहरीको सहयोगको बालिकाको अवस्था खोजी गरेको थियो । प्रहरीले १५ वर्षीय सुमन (नाम परिवर्तन) गरेकी बालिका भागेर केटाकाे घरमा बसेकाे अवस्थामा वीरेन्द्रनगर २ (क) (ठेगाना परिवर्तन) बाट ल्याएर पुनः आमाको जिम्मा लगाएको छ ।
दलितका लागि दलित आन्दोलन नेपालले आफ्नो फोटोसहित सामाजिक सञ्जालहरुमा प्रयोग भएकोमा बालिका चिन्तित छन् । ‘आफूले कुनै अपराध नगरेको तर केटासँग भागेर केटाकै घरमा गएर बसिरहेको अवस्थामा फोटो सार्वजनिकहुँदा मैले केही सोच्नै सकेकी छैन,’ ति बालिकाले नेपालकर्मसँग भनिन्, ‘हो म माइती पक्षतर्फका परिवारको सम्पर्कमा थिएन्, एक्काशी फोटो बारिदिँदा अब के गर्ने सोच्नै सकिरहेकी छैन ।’ बिहीबार जिल्ला प्रहरी कार्यालयमा मानव अधिकार, बाल सञ्जाल, आवाज संस्था लगायतको उपस्थितिमा प्रहरीले बालिकालाई आमा र दिदीको जिम्मा लगाएको छ ।

‘एक्काशी विज्ञप्ती आउँदा हामीलाई पनि अचम्मित बनायो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मणबहादुर शाहीले भने, ‘यसअघि नै आमाले दुई पटक प्रहरीमा उजुरी दिएपछि हामीले खोजेर पठाएका थियौं, उहाँ बहिनी (बालिका) हराउनु भएछ । त्यसपछि पनि बालिका हराउँदा आमा प्रहरीको सम्पर्कमा आउनु भएन । तर आश्चर्य पार्ने विज्ञप्ती आएपछि पुनः बालिकालाई खाजेर परिवारको जिम्मा लगाएका छौं ।’

प्रहरीकाअनुसार उनी केटाकै घरमा बसेको जवाफ दिएकी छन् । ‘उहाँ धेरै बोल्ने अवस्थामा हुनुहुन्न । एक्काशी फोटो बारिएपछि अलि विक्षिप्त भएको देखिनुहुन्छ,’ प्रवक्ता शाहीले भने, ‘अब सबैको रोहबरमा प्रहरीको जिम्मा लगाइसकेका छौं ।’
दलितका लागि दलित आन्दोलन नेपालले जारी गरेकाे विज्ञप्तिमा २०७९ फागुन १५ गते बालिकालाइ आवाज संस्थाले वेपत्ता पारेकाे आरोप लगाएको थियो । संस्थाले गरेकाे कामलाइ कुप्रचार गर्न र अनावश्यक वदनाम गराउने उदेश्यले गलत प्रचार गरेकोमा दुःख व्यक्त गरेको छ ।

नेपाल कर्म । ३२ जेष्ठ २०८०, बिहीबार १७:४९