विद्युतीय सवारीसाधन खरिद गर्दा अब एनएमबी बैंकले दिने भयो सस्तो ब्याजदरमा कर्जा

विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकहरूले अब एनएमबी बैंकबाट ८.९९ प्रतिशत ब्याजदर रहेको कर्जा पाउने भएका छन् । सो बैंकले विद्युतीय सवारीसाधनहरू खरिद गर्दा सात वर्षको अवधिका लागि उक्त लोन उपलब्ध गराउन लागेकव बताएको छ ।



नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गराउन लागेको हो । ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारीसाधन फाइनान्स गरी दिगो भविष्यतर्फ योगदान दिन सक्नेछन् ।

लचिलो भुक्तानी विकल्प र द्रुत स्वीकृति प्रक्रियाहरूसहित ग्राहकहरूलाई सजिलै एनएमबी सुलभ अटो लोन उपलब्ध गराउन लागेको बैंकले जनाएको छ ।

एनएमबी बैंकले हाल देशभर रहेका आफ्ना २०१ शाखा कार्यालयहरू, १८७ वटा एटीएमहरू र ११ वटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया