भारतको यो शहर, जहाँ लगाइयो मांसहारी भोजनमा प्रतिबन्ध

भारत गुजरातको भावनगर जिल्लास्थित पालितानालाई संसारका पहिलो शहर मानिन्छ, जहाँ मांसाहारी भोजनमा प्रतिबन्ध लगाइएको छ । यो ऐतिहासिक निर्णयमा मासुका लागि जनावरको हत्या, मासु बिक्री तथा खपतलाई अपराध घोषित गरिएको छ ।
पालितानामा मासु र अण्डाको बिक्रीसँगै जनावर काटमार पनि निषेध गरिएको हो । यो नियम तोड्नेहरू दण्डित हुनेछन् ।



भिक्षुहरूको हड्ताल

करिब २०० भिक्षुले लगातार विरोध प्रदर्शन गरेपछि सरकारले मासुमा प्रतिबन्ध गर्ने निर्णय लिएको हो । भिक्षुहरूले शहरका करिब २ सय ५० मासु पसल बन्द गर्न माग गरेका थिए । जैन समुदायले अहिंसालाई आफ्नो विश्वासको केन्द्रीय सिद्धान्त मान्ने गरेको छ ।

पालिताको अनुसरण गर्दै राजकोट, बडोदरा, जूनाग र अहमदाबादसहित गुजरातका अन्य शहरले पनि यस्तै खालको नियम लागू गरेका छन् ।

पालिताना जैनहरूको सबैभन्दा पवित्र तीर्थस्थलमध्ये एक हो । यही कारण यसलाई ‘जैन मन्दिर शहर’ पनि भनिन्छ । शत्रुञ्जय पहाडको आसपास रहेको शहर ८ सयभन्दा ज्यादा मन्दिरको घर हो, जहाँ सबैभन्दा प्रसिद्ध आदिनाथ मन्दिर छ । यो मन्दिरले हरेक वर्ष हजारौं भक्तजन र पर्यटकलाई आकर्षित गर्छ ।

तपाईको प्रतिक्रिया