सुर्खेतमा अवैध रुपमा काठ ओसार पसार गर्ने एकजना पक्राउ

सुर्खेत । अवैध रुपमा काठ ओसार पसार गर्ने एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौकुने गाउँपालिका–९ घाटागाउँ बस्ने ४३ बर्षीय लक्षिराम विक रहेका छन् ।



उनलाई इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरी अदालत उपस्थित गराइएको छ ।

जिल्ला अदालत सुर्खेतको २०८० जेठ दुई गतेको फौसला पश्चात फरार रहेका लागत नम्बर ७८–०७९–००५४७ को अवैध रुपमा काठ ओसार पसार मुद्दामा संलग्न विक उपर एक लाख १२ हजार एकसय ९० रुपैयाँ बिगो जरिवाना तोकेको थियो ।

तपाईको प्रतिक्रिया