सुर्खेत विमानस्थलको विकल्प छैन, मुआब्जा दिएर विस्तार गरौं : सांसद थानी (भिडियाे)

सुर्खेत । सुर्खेत विमानस्थलको विकल्प अरु नभएकाले विस्तारमा सरकार गम्भीर बन्नु पर्ने सांसद हृदयराम थानीले बताएका छन् । संसद बैठकमा बोल्दै सांसद थानीले तीन सय मिटर रनवे विस्तार गरेमा सहज रुपमा एटीआर ७२ जहाज अवतरण र उडान गर्न सकिने भएकाले विमानस्थल विस्तार नै अन्तिम विकल्प भएको बताएका हुन् ।



उनले प्रभावित क्षेत्रका नागरिकहरुलाई उचित मुआब्जा दिएर विमानस्थल विस्तार गर्न जरुरी रहेको बताए । विमानस्थलको विकल्पमा नयाँ विमानस्थल बनाउँदा धेरै वर्ष लाग्ने भएकाले प्रभावित क्षेत्रका नागरिकहरुको न्यायोचित हुनेगरी व्यवस्थापन गर्नुपर्ने थानीको जोड छ ।

तपाईको प्रतिक्रिया