बाढीले घर बगाउँदा रूकुम पश्चिममा तीन बालिकाकाे मृत्यु

रुकुम पश्चिम । अविरलवर्षासँगै बाढिमा परी तीन बालबालिकाको मृत्यु भएकाे छ । गए रातिको अबिरल वर्षाका कारण आएको बाढीमा परि रुकुम पश्चिममा तीन जना बालबालिकाको मृत्यु भएको हाे ।



जिल्लाको आठविसकोट नगरपालिका १२ स्थित तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढिले घर भत्काउदा तीन बालबालिकाको मुत्यु भएको छ भने एक जना वेपत्ता छन् । बाढीमा परेर ६ जना घाइते भएको आठविसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले नेपालकर्मलाई जानकारी दिए ।

उनका अनुसार घाइतेहरुको उपचार भइरहेको छ भने मृतकहरुको शव निकाल्ने प्रयास जारी छ । गएराति साढे ११ बजेको समयमा उक्त घटना घटेको केसीले जानकारी दिए ।

मृत्यु हुनेहरूमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्की रहेका छन् । त्यस्तै बेपत्ता हुनेमा ४० वर्षीय डिल्ली बुढाथोकी रहेका छन् । घाइते हुनेहरूमा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेको नगर प्रमुख केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया