प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।



त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारकमा शहीदहरूको सालिकमा माल्यार्पण गरेका थिए । साथै, पार्टी केन्द्रीय कार्यालय च्यासल पनि पुगेका थिए । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।

तपाईको प्रतिक्रिया