अन्तर्राष्ट्रिय फुटबलबाट लिए थोमस मुलरले सन्न्यास

जर्मनीका स्ट्राइकर थोमस मुलरले अन्तर्राष्ट्रिय फुटबल करिअरलाई बिट मारेका छन् । युरोकप २०२४ मा आयोजक जर्मनीले क्वार्टरफाइनल पार गर्न नसकेको सन्दर्भमा एक भिडियो सन्देशमार्फत ३५ वर्षे मुलरले सन्न्यास घोषणा गरेका हुन् ।



राष्ट्रिय टिमका लागि उनले १ सय ३१ खेलबाट ४५ गोल गरेका छन् । सन् २०१४ मा विश्वकप जितेको जर्मन टोलीमा उनी महत्त्वपूर्ण खेलाडी थिए ।

यसपल्ट युरोकप क्वार्टरफाइनलमा जर्मनी स्पेनसँग २–१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । जर्मनीलाई घर पठाएको स्पेन युरो च्याम्पियन बनिसकेको छ ।

तपाईको प्रतिक्रिया