नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन्। सोमवार पदभार ग्रहण गर्दै उनले त्यसका लागि आवश्यक निर्देशनसमेत दिएका छन्।

मन्त्री चौधरीले आउँदो पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरूको सहभागिता व्यवस्थित गर्नेसमेत बताए। उनले युवा स्वरोजगारलाई व्यवस्थापन गर्न नेपाली युवाहरूलाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग समन्वय गरेर नीतिगत सुधार गर्नेसमेत बताएका छन्।


नेपाल कर्म । ३१ असार २०८१, सोमबार १६:२६