सुर्खेत । कर्णाली प्रदेशमा साउन १ गते मंगलवार सार्वजनिक बिदा हुने भएको छ । कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिन कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को वैशाख १७ गतेको बैठक निर्णयअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमिक्त सचिव लिलाप्रसाद ढकालले जानकारी दिए ।




नेपाल कर्म । ३० असार २०८१, आईतवार १६:५६