नयाँ सरकार बनाउने प्रारम्भिक समयमा कांग्रेस र एमालेबीच सहमति थियो कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने । तर पछि अन्य दललाई पनि ठाउँ दिनुपर्छ र दुईतिहाइको सरकार बनाउनुपर्छ भन्दै उनीहरू मन्त्रालय घटाउँदै गए ।

अहिले साना दललाई पनि सरकारमा सहभागी गराउने भन्दै कांग्रेसले नौ र एमालेले प्रधानमन्त्रीसहित सात वा आठ मन्त्रालय पाउने भएको छ ।

पार्टीले पाउने मन्त्रालयको संख्या कम भएपछि कांग्रेसको संस्थापनइतर समूहले चार मन्त्रालयमा दाबी गरेको छ । सुरुमा यो समूहले पाँच मन्त्रालय पाउनुपर्ने अडान लिएको थियो ।

विशालनगरस्थित शेखर कोइरालाको सचिवालयमा बसेको संस्थापनइतर समूहको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको छ ।
संस्थापनइतर समूहले मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।

नेपाल कर्म । ३० असार २०८१, आईतवार १४:४४