सुर्खेत । वीरेन्द्रनगर–१२ स्थित जनकल्याण टोलबाट लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ चिसापानीका ३२ बर्षीय सुरज न्यौपाने रहेका छन्। उनलाई भे.१ ह ३२८६ नम्बरको अटोसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माका अनुसार न्यौपानेलाई शुक्रबार जनकल्याण टोलमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने सुचनाका आधारमा अस्थाई प्रहरी पोष्ट सहकारी चोक सुर्खेतबाट खटीएको संयुक्त प्रहरी टोलीले उनको शरीर र अटो खानतलासी गर्दा शुद्ध एक ग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरेको हो ।


भावना राेकाया । २८ असार २०८१, शुक्रबार १७:५३