सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विपद्का कारण हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणका लागि तल्लो तहसम्म सुरक्षा युनिटलाई प्रभावकारी ढङ्गले परिचालन गर्न निर्देशन दिएका छन् ।

शुक्रबार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्थित सुरक्षा प्रमुखहरूको आकस्मिक बैठकमा मुख्यमन्त्री कँडेलले विपद् पूर्वको तयारी र विपद्पछिको प्रतिकार्य तथा क्षति न्यूनिकरणका लागि तल्ला तहका युनिटहरू सक्रिय भएमा ठूलो क्षतिबाट जोगाउन सकिने बताए ।

मुख्यमन्त्री कँडेलले विपद्बाट हुने सम्भावित जोखिम न्यूनिकरणका लागि सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने हुने भन्दै उपलब्ध साधन स्रोत र जनशक्तिलाई तयारी अवस्था रहनसमेत निर्देशन दिए । प्रदेश सरकारले आफनो सामथ्र्यले भ्याएसम्म आफना संरचनाहरू परिचालन गर्ने बताउँदै मुख्यमन्त्री कँडेलले जोखिम न्यूनिकरण तथा राहत र उद्दारमा सरोकारवाला निकाय तथा विकास साझेदारहरूलाई समेत आफना संरचनाहरू प्रभावकारी ढङ्गले परिचालन गर्नु पर्नेमा जोड दिए ।

यस वर्ष कर्णालीमा अहिलेसम्म अन्यत्र जस्तो जोखिम नदेखिएको तर सम्भावित खतरासँग जुध्न सुरक्षा निकायहरूबीच समन्वकारी भुमिका आवयक रहेको उनले बताए । यस वर्ष मनसुजन्य विपद्का घटनाका कारण कर्णालीका झण्डै ५० हजार बढी नागरिक प्रभावित हुने आँकलन गरिएको छ ।
आकस्मिक बैठकमा प्रमुख सचिव चुडामणि भट्टराई, पश्चिम पृतना नेवारेका उपरथी कृष्ण भट्ट, नेपाल प्रहरीका डिआइजी अर्जुन चन्द ठकुरी, शसस्त्र प्रहरीका डिआइजी दुर्गाप्रसाद भट्टराई, राष्टिय अनुसन्धान प्रदेश प्रमुख माधव तिमिल्सेना लगायतको उपस्थित थियो ।

नेपाल कर्म । २८ असार २०८१, शुक्रबार १७:१५