राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए ।



उनले कांग्रेस–एमालेबीच भएको सत्ता समीकरणलाई पनि समर्थन नगर्ने भन्दै तटस्थ बस्ने जानकारी दिए ।

उनले आफ्नो पार्टी कुनै व्यक्ति वा पार्टीको विरुद्धमा गएको नभई तत्कालीन विषयवस्तुहरूको आधारमा निर्णय गर्ने गरेको बताए । उनले आफ्नो कसैसँग व्यक्तिगत पूर्वाग्रह नभएको स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया