
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भुटानी शरणार्थी प्रकरणमा फरारहरू पक्राउ पर्न थालेपछि कांग्रेस–एमाले सहकार्यमा जुटेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको पक्षमा बोल्दै उनले सरकारले सुशासनको पक्षमा दृढतापूर्वक काम गर्न थालेपछि कांग्रेस–एमालेले नयाँ समीकरण बनाएको आरोप लगाए ।


प्रमुख सचेतक पाण्डेले ललितानिवास, सुन तस्करी, भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू पक्राउ पर्न थालेपछि कांग्रेस एमालेले आफ्नाहरूलाई बचाउन नयाँ सत्ता सहकार्यका हात अघि बढाएको जिकिर गरे ।
उनले दाहाल नेतृत्वको सरकारले सुशासनको पक्षमा, जनताको पक्षमा काम गरेको दाबी गरे । प्रमुख सचेतक पाण्डेले सरकारले जनताको पीडा बुझ्नका लागि पनि सकेको काम गरेको बताए ।
नेपाल कर्म । २८ असार २०८१, शुक्रबार १६:१०