प्रचण्डलाई ज्ञानेन्द्र शाहीको चेतावनी– जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी नसेक्नुस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो चेतावनी दिएका हुन् ।



उनले दलितका छोराछोरी राजाका पालाको शासनसत्तामा केही पनि थिएनन् भन्ने गलत भाष्य निर्माण नगर्न पनि आग्रह गरे। उनले हिरालाल विश्वकर्मा राजाकै पालामा शिक्षामन्त्री बनेको बताए ।

उनले जातीय छुवाछुतविरुद्धको कानुन राजा महेन्द्रकै पालामा बनेको पनि उल्लेख गरे । उनले राजनीति गर्न सबैलाई खुला रहेको भन्दै राजनीति गर्न तर जातियताको नाममा द्वन्द्व नभड्काउन आग्रह गरे ।

प्रमुख सचेतक शाहीले सर्त नमिलेर सरकार ढलेको भनेर सत्य बोल्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरे ।

यो रोस्ट्रममा उभिएर काम कम कुरा ठूला गर्नु भएन । त्यसले हामी जस्ता नयाँ सांसदलाई पनि गलत भाष्य निर्माण हुन्छ । दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्नुभयो । हिरालाल विश्वकर्मा भन्ने सुन्नुभएको छ । यो देशको शिक्षामन्त्री हुनुहुन्थ्यो राजाको पालामा ।

जातीय छुवाछुतविरुद्धको कानुन अहिले बनेको हो रु राजा महेन्द्रको पालामा २०२० तिर यो कानुन बनाइएको हो । तपाईंहरूलाई खुला छ, राजनीति गर्नुस् । चुनाव हुन्छ, चुनावमा जानुस् । चुनाव जितेर आउनुस्, हामी जस्ता अभियन्ता र टेलिभिजनमा कार्यक्रम चलाउनुभएका रवि लामिछानेजी आज गृहमन्त्री हुनुहुन्छ । तर जातजातिलाई फेरि भड्काएर फेरि आफ्नो रोटी सेक्ने काम यो संसदको रोस्ट्रमबाट नहोस् । किनभने अत्ति भइसक्यो ।

तपाईको प्रतिक्रिया