नौमुलेमा हावाहुरी र बर्षाले मकैबालीमा क्षति

सुर्खेत । हावाहुरीसहित परेको बर्षाले दैलेखको नौमुलेका विभिन्न स्थानमा लगाएको मकै बालीमा क्षति पुगेको छ । घोगा लाग्नै लागेको मकैबाली बर्षा र हावाहरीले ढलेर सखाप भएको किसानहरुले बताएका छन ।



लगातार बर्षाका कारण बुधबार राती हावाहुरी चलेपछि बारीमा लगाएको सबै मकैबाली ढलेर नष्ट भएको स्थानीय सरस्वती चन्दले जानकारी दिईन् ।
वर्षा र हावाहुरीले मकै भाँचिए पछि भोकमरी हुने भन्दै किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाको नौमुले गाउँपालिकाका विभिन्न स्थानमा मकैमा क्षति पुगेको किसानले बताएका छन । वडा नं १,२,९,४ र ७ मा हावाहरी सहितको बर्षाले मकैबालीमा व्यापक क्षति पु¥यएको स्थानिय छितिज रोकायाले बताए ।

मकै ढलेर नष्ट भएपछि आफुहरुलाई निकै समस्या भएको धनिगाउँकी स्थानीय दुर्गा मिजारले जानकारी दिईन् । बर्षा नहुदासम्म किराले मकैबालीमा क्षति पु¥याएको र बर्षापछि मकै झन ढलेर नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया