जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रचण्डलाई योगेश भट्टराईको चेतावनी

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिएका हुन् ।



उनले संविधान संशोधन अग्रगमनका लागि गर्न लागेको बताए । उनले पश्चगमनका लागि संविधान संशोधन नगर्ने स्पष्ट पारे। उनले प्रधानमन्त्रीलाई आज एकाएक जाति, भाषा, धर्म, संस्कृति, मधेश, दलित र महिलाको याद आएको भन्दै तपाईंको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् भनेर प्रश्न गरे ।

उनले प्रधानमन्त्री दाहालका लागि हतियार बोकेका तमाम दलित युवाहरू कहाँ छन् भनेर पनि प्रश्न गरे । उनले आफ्नो स्वार्थसिद्ध गर्नका लागि देशको राष्ट्रियतलाई उधिन्ने काम नगर्न पनि चेतावनी दिए ।

सांसद भट्टराईले संविधान संशोधनका लागि प्रधानमन्त्री दाहालको समेत सहभागिता र सहयोग चाहिने भन्दै यस बारेमा छलफल गर्ने बताए । उनले संविधान संशोधनभन्दा बाहिर गएर दाहालले विद्रोह गर्नु सम्भव नभएको पनि बताए ।

तपाईको प्रतिक्रिया