रेड एड्भाइजरी जारी भएका क्षेत्रमा रात्रि यातायात सञ्चालन नगरिने

सरकारले रेड एड्भाइजरी जारी भएका क्षेत्रमा रात्रि यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार त्रिशूली नदीमा दुई बस पहिरोसँगै बसेपछि यस्तो निर्णय गरेको हो ।



उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार गृह मन्त्रालयबाट भएका निर्णयहरूबारे जानकारी गराउँदै मौसम विज्ञान विभागले यातायातका लागि रेड एड्भाइजरी जारी गरेका क्षेत्रमा रात्रि सेवा सञ्चालन नगर्ने र त्यसका लागि यातायात विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीले व्यवस्था मिलाउने निर्णय भएको बताए । उनले पहिरोको जोखिम रहेको क्षेत्रमा जोखिम सूचक राख्नेलगायतका निर्णयहरू भएको बताए ।

तपाईको प्रतिक्रिया