प्रचण्डलाई गीतबाटै एमालेको जवाफ– झिक तु लौ जौखौँ आज कसको माया कति ?

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गीतबाटै जवाफ फर्काएको छ । एमालेका मन्त्रीहरूले सरकारबाट राजीनामा दिएपछि प्रचण्डले फत्तेमानको कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले गीत सुनाएका थिए ।



त्यसको जवाफमा एमालेका सचिव योगेश भट्टराईले संसदबाट उदितनारायण झा र दीपा झाको गीत झिक तु लौ जौखौँ आज कसको माया कति गीत सम्झिँदै चुनौती दिएका हुन् ।

संसदमा प्रधानमन्त्रीले राखेको विश्वासको मतबारे छलफल भइरहेको छ ।

तपाईको प्रतिक्रिया