प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाले लगायो ह्वीप

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।



बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपाधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रश्ताव पेस गर्ने र रास्वपाले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बताए ।

उनले पार्टीका सांसदहरूलाई प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको पनि बताए ।

‘आज सम्माननीय प्रधानमन्त्रीज्युले नेपालको संविधानको धारा १०० को उपाधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रश्ताव पेस गर्नु हुँदै छ । त्यसमा छलफल गर्‍यौँ,ु परियारले भने, ुपार्टीबाट सरकारमा जानुभएका मन्त्रीज्युहरूले आफ्ना काम कारबाहीबारे जानकारी गराउनुभयो । हामीले आज विश्वासको मत प्रश्ताव हुँदैछ, त्यसमा सम्माननीय प्रधानमन्त्रीज्युको पक्षमा मतदान गर्ने निर्णय गरेका छौँ र ह्वीप पनि जारी गरेका छौँ ।’

तपाईको प्रतिक्रिया