दैलेख । कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले दैलेखको पश्चिम ठाँटीकाँध गाउँपालिकामा निर्माणधिन प्रदेश अयोजनाहरूको निरीक्षण गरेका छन्। शाहसँगै पूर्वाधार विकास कार्यालय, दैलेखका कार्यालय प्रमुख इन्जिनियर प्रभाकरप्रसाद सिंह र सव–इन्जिनियर जीवन सिंहले बुधबार उक्त योजनाहरुको निरीक्षण गरेका हुन्।

कर्णाली प्रदेश सरकारबाट विनियोजन भएको बजेटमा निर्माणधिन पाँच वटा सडक, एक/एक वटा भवन र मन्दिरको पनि निरीक्षण गरिएको छ।

केन्द्र सरकारले रणनीतिक सडक आयोजनामा ट्राक खोलेको मटेला–तित्रेखेत सडकसँगै रातामाटा–ठाँटीकाँध–भीमपाइला सडक र लामामेला–गुयालसिम–रोकायाबाडा सडक स्तरोउन्तिको प्रगतिको निरीक्षण भएको हो।

यस्तै, सुचियाँ–खातीगाउँदेखि भैरवस्थान सडक निर्माण र मानाकोट–सिराडीहुँदै भैरवनाथ सडक निर्माणको प्रगतिको अवलोकन भएको छ। साथै प्रदेश आयोजनाबाटै सञ्चालित भैरबस्थान मन्दिर र मदन भण्डारी स्मृति प्रतिष्ठानको भवनको समेत शाह र इन्जिनियरहरुले आवलोकन गरेका थिए।

अवलोकनको क्रममा शाहले हालसम्मको काम हेर्दा तिब्र रूपमा अगाडी बढेको र अझै गुणस्तीय र बलियो हुने गरि निर्माण गर्न आग्रह गरे। साथै शाहले केही योजनाहरुको काम निरन्तर अगाडी बढेको र केही ढिलो गरि भएका निर्माणधिन आयोजनाहरूलाई तत्काल अगाडी बढाउन ठेकारदार कम्पनि र उपभोक्ता समितिहरूलाई अनुरोध गरे।

यस्तै, भैरवथान मन्दिरको भवन निर्माणको करिब ५५ प्रतिशत र मदन भण्डारी स्मृति प्रतिष्ठान भवनको करिब ८५ प्रतिशत काम सकिसकेको पूर्वधार विकास कार्यालय, दैलेखका कार्यालय प्रमुख इन्जिनियर प्रभाकरप्रसाद सिंहले बताए।


नेपाल कर्म । ३२ जेष्ठ २०८०, बिहीबार ०९:१७