नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएका दुई बसको खोजीमा नेपाली सेनाको गोताखोरसहितको टिम खटेको छ ।


वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको एक र काठमाडौंबाट गौरतर्फ गइरहेको अर्को बस पहिरोले बगाएको खबर प्राप्त हुनासाथ चितवनमा रहेको सेनाको गोताखोरसहित फौज खटेको हो । अहिले अन्य सुरक्षा निकायलगायत स्थानीयको सहयोगमा उद्धार प्रयास जारी रहेको सेनाले जनाएको छ ।


नेपाल कर्म । २८ असार २०८१, शुक्रबार १०:५०