गुल्मीमा मुसा मार्न बारीमा राखिएको विषादी सेवन गर्दा एक बालिकाको मृत्यु भएको छ । इस्मा गाउँपालिका १ ठाटिकाचौरकी चार वर्षीया बालिका प्रिन्सा सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रिन्साले बारीमा राखेको मुसा मार्ने विषादी सेवन गरेकी थिइन् । बारीमा काम गर्न गएका आमाले छोरी पनि साथमै लगेको र बालिकाले विषादी सेवन गरेको बताइएको छ । उनको उपचारका क्रममा गुल्मी जिल्ला अस्पतालमा मृत्यु भएको हो ।


सोही स्थानमा स्थानीय बसुन्धरा सुनारकी पाँच वर्षीया छोरी दिपशिखा पनि विषादी सेवनका कारण बिरामी परेकी थिइन् । उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको छ ।

नेपाल कर्म । २७ असार २०८१, बिहीबार १६:०३