सुर्खेत । बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ घर भई लेखपर्सा वडा नं. १ बस्ने ३७ बर्षीय प्रेम बहादुर शाही र सोही ठाउ बस्ने २६ बर्षीय याम कुपारी पुन शाहीलाई पक्राउ गरीएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसर उनिहरुलाई मंगलबार पक्राउ गरि अदादत उपस्थित गराइएको छ ।


जिल्ला अदालत सुर्खेतको फैसला पश्चात फरार रहेका लगत नम्बर १५१८ को बहुविवाह मुद्दामा प्रेम बहादुर शाहीलाई १ बर्ष ६ महिना कैद र १० हजार रुपयाँ जरिवाना र सोही लागत कसिएकी याम कुपारी पुन शाहीलाई १ बर्ष कैद र पाँचहजार रुपयाँ जरिवाना तोकिएको छ ।
फैसला लगतै फरार रहेका दुवै जनालाई जिल्ला अदालत सुर्खेतबाट खटिएको टोलीले आफ्नै घर वतनमा लुकीछिपी बसेको अबस्थामा पक्राउ गरेको हो ।

नेपाल कर्म । २७ असार २०८१, बिहीबार १५:१७