पाकिस्तानको उत्तरपूर्वी भागमा रहेको पाकिस्तान नियन्त्रित कश्मीरमा बुधबार भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।

दुर्घटना नीलम जिल्लामा भएको थियो। जहाँ यात्रु भ्यान खोलामा खसेको हो। पहाडी क्षेत्रमा तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ। यात्रुहरुको शव निकालेर नजिकैको अस्पतालमा लगिएको छ।


नेपाल कर्म । २७ असार २०८१, बिहीबार १४:१४