प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।



बिहीबार कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राख्ने प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका छन् ।

प्रमुख सचेतक लेखकले भोलि (शुक्रबार) को संसद बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेस सांसदहरूलाई ह्वीप जारी गरेका छन् । कांग्रेस–एमालेबीच नयाँ सत्ता सहकार्यका लागि सहमति भएको थियो । त्यसपछि एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

त्यसपछि जनता समाजवादी पार्टीले पनि समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । एमाले र जसपा सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर संसदमा विश्वासको मत माग्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया