राप्रपा संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई विश्वासको मत दिनेरनदिनेबारे निर्णय लिने

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो ।



बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । त्यस्तै शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्ने बारेमा पनि निर्णय गर्नेछ ।

संसदमा आगामी दिनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि निर्णय लिइने राप्रपाले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया