काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री बन्न लागेका नेकपा एमाले अध्यक्ष केपी शर्माको नाममा सामाजिक सञ्जालमा एक पोस्ट गरेका छन् ।

अविरल वर्षापछि काठमाडौंका नदी किनाराका बस्ती डुबेपछिको तस्वीरसहित बालेनले ओलीलाई त्यस्ता बस्ती हटाउन प्रधानमन्त्री बनेपछि काम गर्नुहोला भनेका छन् ।


उनले गिरीबन्धुको पचाउन लागेको रुपैयाँले यस्ता १५ हजार परिवारलाई व्यवस्थापन गर्न सकिनेसमेत उनको भनाइ छ । उनले काठमाडौंको नदी किनारामा बस्ने २ हजार परिवारको समस्या समाधान गर्ने भन्दै ३० वर्ष झुलाइएको समेत दाबी गरेका छन् ।

नेपाल कर्म । २७ असार २०८१, बिहीबार ११:०५