नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्यान्ड यूरो कपको दोस्रो पटक फाइनलमा

नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्ल्यान्ड दोस्रो पटक युरो कपको फाइनलमा पुगेको छ । ओली वाटकिन्सले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेपछि इङ्ल्यान्डको फाइनल यात्रा सम्भव भएको हो ।



सिग्नल इडुना पार्कमा बिहीबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सले खेलको सातौं मिनेटमै सुरुआती अग्रता लिएको थियो। जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।

तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए। हाफ भली प्रहार गर्ने क्रममा इङ्ल्यान्डका कप्तान केनलाई डेनजेल डम्फ्रिजले फउल गर्न पुगेका थिए।

जर्मनीका रेफ्री फेलिक्स ज्वायरले भिडियो असिस्टेन रेफ्री ९भिएआर० को मद्दत लिँदै इङ्ल्यान्डलाई पेनाल्टी प्रदान गरेका थिए। उक्त पेनाल्टीलाई केनले सदुपयोग गरेका हुन्। योसँगै डम्फ्रिजले पहेंलो कार्ड पाए।

तपाईको प्रतिक्रिया