
नेकपा एसका सम्मानित नेता झलनाथ खनालले एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा एसको महाधिवेशन समापन समारोहमा खनालले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई दलाल पुँजीवादको संज्ञा दिए ।


नेपाली कांग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै उनले कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे । उनले अहिले एमालेभित्र भूकम्प गएको बताए ।
एसको विकास र विस्तारलाई रोक्न सक्ने शक्ति कुनै नरहेको जिकिर गरे । खनालले नेपालको कम्युनिस्ट आन्दोलनमा अब नयाँ पुनःगठनको प्रक्रिया सुरुवात हुने बताए ।
नेपाल कर्म । २१ असार २०८१, शुक्रबार १६:२५