सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ५ जना पक्राउ

ललितपुर प्रहरीले शंकास्पद करोबारमा संलग्न रहेको आशंकामा तीन भारतीयसहित पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ५० लाख नगद र सुन गाल्ने मेसिन समेत बरामद गरेको छ ।



बिहीबार ललितपुर महानगरपालिका–१४ मा रहेको एक निर्माणाधीन घरको तेस्रो तलामा अवैध शंकास्पद कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकामा तीन भारतीय नागरिकमा महाराष्ट्र प्रदेश, साङ्ले जिल्ला, आडवारी थाना घर भइ ललितपुर महानगरपालिका वडा नं १४ ताल्छिखेल बस्ने वर्ष २८का युवराज विभुते, वर्ष २० का विक्रम यलवर र वर्ष १८ का अभिषेख विभुते छन् । त्यस्तै भक्तपुर सूर्यविनायक( १ विरुवा बस्ने वर्ष २० का सिध्दान्त चौलागाई र ललितपुर महालक्ष्मी८ बस्ने वर्ष २० का यसवन्त सुनार पनि पक्राउ परेका छन् ।

भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटमा खानतलासी पाँच जना पक्राउ र नगदसहितका सामान बरामद भएका हुन् । उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया