सत्ता समीकरणमा आएको फेरबदलसँगै प्रहरी नायब महानिरीक्षक (डीआइजी) पोषराज पोखरेलले दुई दिनका लागि प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजीं हुने अवसर गुमाए ।

यही १० असारमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । तर, पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि उनको बढुवा रोकियो । दुई दिनका लागि भए पनि एआईजी हुने अवसरनजिकैबाट उनले उमेर हदका कारण बिहीबार रातिदेखि (डीआईजी)कै रूपमा अवकाश पाएका छन् ।


एमाले र कांग्रेसबीच तालमेल भई वर्तमान सरकार संकटमा नपरेको भए उनले असार १९ र २० गते एआईजी हुने अवसर पाउँथे ।

नेपाल कर्म । २१ असार २०८१, शुक्रबार १२:३३