सहकारीको रकम घोटाला प्रकरणको अनुसन्धानका लागि संसदले बनाएको छानबिन समितिले गृहमन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग सोधपुछ गरेको छ ।


सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै प्रतिनिधिसभाले संसदीय छानबिन समिति गठन गरेको थियो । सोही विषयमा छानबिनका लागि गठित समितिले गृह सचिव र प्रहरी महानिरीक्षकसँग सोधपुछ गरेको हो ।


नेपाल कर्म । २१ असार २०८१, शुक्रबार १२:२६