दसैँ अगावै दैलेख पश्चिमका सबै पालिकामा विजुली बाल्ने तयारी

दैलेख । नेपाल विद्युत प्रधिकारण दैलेख वितरण केन्द्रका प्रमुख इन्जिनियर गौरब पाण्डे र कर्णाली प्रदेशका सांसद विनोदकुमार शाहबीच भेटघाट भएको छ।



मंगलबार भएको उक्त भेटघाटमा आठबीस, चामुणडाबिन्द्रासैनी नगरपालिका र ठाटीकाँध गाउँपालिकाका विभित्र वडाहरूमा विद्युत विस्तारका लागि भएको कामको प्रगति विवरण लगायतका विषयमा छलफल भएको हाे।

भेटघाटमा कर्णालीका पूर्वअर्थमन्त्री सांसद शाहले विद्युत विस्तारकाे विषयमा भएको काम बारेमा जानकारी लिएका थिए।

प्रमुख इन्जिनियर पाण्डेले ठाटीकाँध गाउँपालिका रफ्तारमा काम बनिरहेको बताए। उनका अनुसार ठाटीकाँध गाउँपालिका-१, २ नम्बर वडामा दशैंसम्म बत्ति बल्ने छ। भने ३ र ५ नम्बर वडामा पनि काम धमाधम भइरहेकाे छ।

यस्तै, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका १, २, ३, ४, ७ र ९ नम्बर वडामा काम भइरहेको छ। बाँकी रहेका वडामा पनि केही दिनबाट काम सुरु हुने५।

दैलेख पश्चिमको तीनवटा पालिकको वितरण केन्द्रको नाम राखेर काम सञ्चालन भइरहेको प्रमुख पाण्डेकाे भनाइ छ।

यस्तै, विद्युत प्रधिकारण दैलेखले आठबीस नगरपालिकाको सिगासैन्, रोल, खिड्किज्युला लगायतका स्थानमा पनि विद्युत विस्तारको काम गरिरहेको छ। बाँकी रहेका वडामा पनि काम सकेर सबै पालिकामा दुईवर्ष भित्र बत्ती बलिसक्ने इन्जिनियर पाण्डेको भनाइ रहेको छ।

साथै इन्जिनियर पाण्डेले दैलेख जिल्ला भित्रका विभिन्न ठाउँमा हाल १२ करोडको काम बनिसकेको, २२ करोडको काम भइरहेको र २७ करोडको टेन्डर भइसकेको बताए।

यस्तै, पूर्वअर्थमन्त्री शाहले पाण्डेले दिएको जानकारी पश्चाप विद्युत विस्तारको कामलाई निरन्नतादिँदै गुणस्तरीय बनाउनुपर्ने बताए। उनले भने, ‘दिगो बनाउनका लागि, काम गर्दा विशेष ध्यान दिन जरुरी हुन्छ। तार तथा पोलको अहिले नै व्यवस्थित तरिकाले निर्माण भएपछि काम गुणस्तरीय बनेको नतिजा निकाल्छ।’

तपाईको प्रतिक्रिया