सुर्खेत । दोश्रो एमयू फेस्टिवल हुने भएको छ । शुक्रबार हुने फेस्टिवलमा चर्चित कलाकार सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफ्ना प्रस्तुति दिनेछन् ।

कार्यक्रममा विश्वविद्यालयका सात वटा ग्राजुयट स्कुल र मुसोमसहित आठ वटा स्टलहरू रहनेछन । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय स् शैक्षिक गुणस्तर सुधार र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम राखिएको छ ।

ञविश्वविद्यालयको प्रवर्द्वन, विश्वविद्यालयमा अध्ययनरत र पूर्व विद्यार्थीहरूबीचको सौहार्द्वपूर्ण सम्बन्ध स्थापित गर्नका लागि मुसुम फेस्टिवलको आयोजना गर्न लागिएको हो, कार्यक्रम संयोजक सचिन तिमिल्सिनाले भने ।

उनले स्थानीय कला संस्कृतिको विकास गर्नुका साथै विद्यार्थीहरूको नेतृत्वकलाको विकास गर्ने उद्देश्य राखिएको व्यवस्थापक रेडपाण्डा ग्रुप अफ कम्पनीजका अध्यक्ष सन्जय योगीले जानकारी दिए ।
फेस्टिवलमा फोटो प्रदर्शनी, नृत्य प्रतियोगीता, अदालती अभ्यास, खाना परिकारलगायतका स्टलहरू पनि रहनेछन् ।

नेपाल कर्म । २१ असार २०८१, शुक्रबार ११:०१