चौतर्फी दबाबका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति पदको उम्मेदवार आफू नै बन्ने दाबी गरेका छन्। डेमोक्रेटिक्स पार्टीको चुनाव प्रचार अभियानका सहयोगीहरुसँगको कुराकानीमा बाइडेनले आगामी उम्मेदवार आफू नै रहेको स्पष्ट पारेका हुन्।
गत हप्ता भएको राष्ट्रपतीय निर्वाचनको बहसमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पसँग बहसमा कमजोर सावित भएपछि बाइडेनमाथि राष्ट्रपति पदको उम्मेदवारी छोड्न दबाब बढेको थियो। यो दबाबसँगै अब आगामी नोभेम्बरमा हुने निर्वाचनमा बाइडेन नलड्ने र उपराष्ट्रपति कमला ह्यारिस उम्मेदवार बन्न सक्ने आंकलन गर्न थालिएको थियो। तर बाइडेनले आफू नै आगामी उम्मेदवार रहेको र ह्यारिसको समर्थन आफूलाई रहेको बताएका हुन्।
साथै उनले आफ्नो पार्टीले आफूलाई फिर्ता बोलाउनेबारे कुनै निर्णय नगरेको समेत स्पष्ट पारेका छन्। बाइडेन हाल ८१ वर्ष पुगिसकका छन्। रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प ७८ वर्षका छन्।
नेपाल कर्म । २० असार २०८१, बिहीबार १३:३२