सुर्खेत । प्रहरीले जबरजस्ती करणी मुद्दाका एकजना फरार प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ बस्ने २२ बर्षीय दिनेश सुनारलाई सुर्खेत जिल्ला अदालतको हिरासतमा राखिएको हो ।

जिल्ला अदालत सुर्खेतको लागत नम्बर २७२२ को जबरजस्ती करणी मुद्दामा ६ बर्ष ७ महिना २६ दिन कैद तोकीएक थियो ।
फैसला लगत्तै फरार रहेका सुनारलाई जिल्ला अदालत सुर्खेतबाट खटिएको प्रहरी टोलीले घर नजिकै वरपर लुकीछिपी बसेको अवस्थामा फेलापारी पक्राउ गरिएको हो ।


नेपाल कर्म । २० असार २०८१, बिहीबार १२:५८