राष्ट्रिय स्वतन्त्र पार्टी सहप्रवक्ता मनिष झाले केन्द्रीय कमिटी लाइभ गर्ने महामन्त्री मुकुल ढकालको प्रस्ताव सबै केन्द्रीय सदस्यले अस्वीकार गरेको बताएका छन् । उनले भने, ‘बैठक लाइभ गरौँ भन्ने प्रस्ताव सबै केन्द्रीय सदस्यले हात उठाएर हुन्न भनेका थिए ।’


बैठक लाइभ नहुने भएपछि र आफूले लिखित प्रस्ताव राख्न नपाएपछि महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी भएका थिए ।


नेपाल कर्म । १९ असार २०८१, बुधबार १३:३०